धनकुटा : पछिल्लो १० वर्षमा धनकुटासहित प्रदेश १ का नौ जिल्लाको जनसंख्या घटेको छ। प्रदेश १ का पहाडी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगाको जनसंख्या २०६८ सालभन्दा २०७८ सालमा कम भएको पाइएको हो।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालभन्दा कम छ। जसमा प्रदेश १ का नौ जिल्ला रहेका छन्।धनकुटाको जनसंख्या २०६८ सालमा एक लाख ६३ हजार ४१२ रहेकामा २०७८ सालमा एक लाख ४९ हजार ९८४ कायम भएको छ। तेह्रथुममा २०६८