विराटनगर : प्रदेश १ सरकारले कोरोना महामारीमा खटिएका फ्रन्टलाइनका कर्मचारी निधन भए प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड– १९ का कारणबाट मृत्यु भए परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जना