प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।  प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ करोड १ लाख ५९ हजार राजश्व जरिवाना गराइएको छ ।यस्तै प्रहरीले ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । कतिपयले गाँजा खेतीलाई मान्यता दिनुपर्ने बहस चलाइरहेको बेला प्रहरीले भने गाँजाखेती नष्ट गर्दै आएको छ । यस्तै प्रहरी

सम्बन्धित सामग्री

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।