प्रदेश १ का स्थानीय तहमा ५ अर्बभन्दा बढी रकम बेरुजु

धनकुटा : प्रदेश १ का स्थानीय तहमा ५ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश १ स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखिएको हो।प्रदेश १ मा रहेका एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४५ नगरपालिका र ८५ गाउँपालिकाको लेखापरीक्षण गरेको महालेखाले ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखाएको छ।प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा अहिलेसम्म पेश्कीसहित १ अर्ब १६ करोड ७८ लाख रूपैयाँ