विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो।पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पुर्याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भएसरह तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।यस्तै, मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको स्टेशनमा भएको समस्या तत्काल समाधान गर