काठमाडौं : नेपाल पत्रकार महासंघको गत बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आज बेलुकीसम्म सार्वजनिक गरिने भएको छ।हालसम्म ५२ जिल्लाको परिणाम आइसकेको छ। अब करिब ४ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए।यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको छ। तीन वर्ष कार्यकाल र