पत्रकार महासंघ चुनाव : केन्द्रीय प्रतिनिधि तोकियो, कोको परे?

नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ।त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आम पत्रकारलाई आग्रह गर्दै महासंघले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ।महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन्। यस्तै प्रदेश २ मा सचिव शितल महतोको नेतृत्वमा