काठमाडौं : नयाँ नेतृत्व चयनका लागि भएको पत्रकारको चुनाव अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ। मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उमेद्वारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका छन्।तालाबन्दीसँगै बैशाख ८ गते हुने भनिएको चुनाव रोकिएको छ। गत चैत २५ गते भएको चुनाव धाँधलीपूर्ण भएको भन्दै विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले शाखाको चुनाव रद्द गरी फेरि निर्वाचन गर्न निर्देशन दिएको थियो। तर पुनः हुने निर्वाचन पूरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलेक