गाईजात्राको अवसरमा हास्य कलाकारद्वारा व्यंग्य प्रस्तुत

काठमाडौँ – गाईजात्राको अवसरमा हास्यकलाकारहरूले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाबारे व्यंग्य गरेका छन्। काठमाडौंमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच देशका चर्चित तथा स्थापित हास्यकलाकारले विभिन्न क्षेत्रको समसामयिक अवस्था सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन्। उनीहरूले विभिन्न पार्टीका शीर्ष नेताका नक्कल (क्यारिकेचर) समेत गरेका थिए। कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शकलाई हँसाएका थिए। त्यसैगरी, उनले […]

सम्बन्धित सामग्री

गाईजात्रालाई शैलेन्द्रको व्यंग्य कविता

लोकप्रिय हास्यव्यग्यकार शैलेन्द्र सिंखडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति ल्याएका छन्। सिंखडाले मंगलबार आप्mनो युट्युब च्यानलबाट गाईजात्रा २०८० दर्शकमाझ पस्केका हुन्। मनोज गजुरलेलगायतका कलाकारका साथ राजधानी बाहिरका शहरमा २०८० सालको गाईजात्रा नामक कार्यक्रममा आप्mनो व्यंग्य कविता प्रस्तुत गर्दै आएका सिंखडाले युट्युब च्यानलमा पनि व्यंग्य कविता नै पस्केका छन्। उनले आप्mनो प्रस्तुतिमा समाजमा विद्यमान […]

बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड भएन

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले शान्तिपूर्वक बजेट प्रस्तुत हुनुले संविधान र लोकतन्त्र परिपक्व हुँदै गएको संकेत भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले बजेटका प्राथमिकतामा पनि प्रश्न उठाएका थिए । अर्थमन्त्री शर्मालाई २०६७ सालको घटना स्मरण गराउनका लागि भट्टराईले ब्रिफकेस तोडफोड नभएको र कुर्सी नभाँचिएको […]

सिस्नुपानी नेपाल २५औँ बर्षमा : कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने

नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थापका संस्थापक तथा हाँस्य ब्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।नेपालका हाँस्यब्यंग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरुको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यंग्यात्मक देउसी भैलाे कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत सचेत गराउँदै आएको छ ।

अस्कर अवार्डमा हंगामाः विल स्मीथले क्रिस रकलाई स्टेजमै हाने झापड

अस्कर अवार्ड समारोहमा विल स्मीथले क्रिस रकलाई झापड हानेका छन्। अवार्ड प्रस्तुत गर्नका लागि स्टेजमा आएका क्रिसले स्मीथकी श्रीमतीको नाम लिएर व्यंग्य गरेका थिए। त्यसपछि स्मीथ आफ्नो मेचबाट उठेर स्टेजमै पुगेर क्रिसमाथि झापड हानेका हुन्। सुरुमा सबैले यसलाई पूर्वतयारी गरिएको व्यंग्यात्मक प्रस्तुति ठानेका थिए। तर घटना त्यस्तो नरहेको केहीबेरमै थाहा भएको थियो। क्रिसलाई झापड हानेका […]

प्रदेशसभा बैठकमा आचार्यले भने, ‘यो नमूना सरकारलाई चिडियाखानामा राख्नुपर्छ’

साढे तीन महिनापछि बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा एमालेका सांसदहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । बैठकको शून्य समयमा बोलेका एमाले सांसदहरुले प्रदेश सरकारले मन्त्री बढाएकोमा व्यंग्य गरे । शून्य समयमा बोलेका ९ जना सांसदमध्ये प्रतिपक्षी एमालेकै ८ जना सांसदले बोले । अधिकांश सांसदले वर्तमान गठबन्धन सरकारप्रति थुप्रै व्यंग्य वाण गरे । त्यसपछि विशेष समय लिएर बोलेका  नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले पनि लामो भाषण गरे । पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले सरकार छ काम

हाम्रो देशलाई बतासले उडाउँछ

व्यंग्य कवि तथा कलाकार श्रीकृष्ण सिम्खडाले समसामयिक विषयमा प्रस्तुत गरेका दुई कविता।   अरू देशलाई समुद्री आँधीले उडाउँछ हाम्रो देशको इम्युन पावर कम भएर होला हाम्रो देशलाई बतासले उडाउँछ। दरबार उडाएको बतासले केही दिनभित्र सिंहदरबार उडाउँछ मन्त्री उडाउँछ हेर्दै जानुहोस् अब केही महिनामा प्रधानमन्त्री उडाउँछ गर्मीमा लागेको बतास भए पो शीतल दिन्थ्यो पुसको ठन्डीमा लागेको […]

प्रचण्डका अभिव्यक्तिमा संग्रौलाको व्यंग्य ‘वाँण’

काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले प्रचण्डका अभिव्यक्ति कहिल्यै पूरा हुँदैनन् भन्दै व्यंग्य  हानेका छन् । प्रचण्डका अभिव्यक्ति झुटा र अपूरो हुने गरेको उदाहरण दिँदै संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पुष्पकमल जे भन्छन्, बुझ्नुपर्छ त्यो हुँदैन!’ संग्रौलाले दाहालले विगतमा र वर्तमानमा दिएका अभिव्यक्तिलाई शिलसिलेवर ढंगले प्रस्तुत गर्दै भनेका छन्, ‘प्रचण्डले दुई दलको एकता कुनै शक्तिले भत्काउन […]

सिस्नुपानी देउसी : प्रधानमन्त्रीदेखि नागरिकसम्मलाई व्यंग्य (भिडियोसहित)

प्रत्यक वर्षको दिपावलीको अवसर पारेर सिस्नुपानी नेपालले देउसी विशेष कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा देशमा भएको जल्दो बल्दो विषयवस्तुको उठान गरेर व्यंग्य प्रस्तुत गर्ने गर्छ । नेपालका मुख्य नेताहरुलाई नै सहभागी गराएर उनीहरुकै सामु चोटिलो व्यंग्य प्रस्तुत गर्ने गरेको छ । सिस्नुपानी नेपालले यस वर्ष पनि नेपाल सरकारसँगै सरका...