प्रदेशसभा बैठकमा आचार्यले भने, ‘यो नमूना सरकारलाई चिडियाखानामा राख्नुपर्छ’

साढे तीन महिनापछि बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा एमालेका सांसदहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । बैठकको शून्य समयमा बोलेका एमाले सांसदहरुले प्रदेश सरकारले मन्त्री बढाएकोमा व्यंग्य गरे । शून्य समयमा बोलेका ९ जना सांसदमध्ये प्रतिपक्षी एमालेकै ८ जना सांसदले बोले । अधिकांश सांसदले वर्तमान गठबन्धन सरकारप्रति थुप्रै व्यंग्य वाण गरे । त्यसपछि विशेष समय लिएर बोलेका  नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले पनि लामो भाषण गरे । पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले सरकार छ काम