काठमाडौं, असोज १५। दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले। डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले […]