भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो । करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र त