म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरुप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागुऔषध नष्ट गरिएको हो । म्यामारमा मेथाम्फेटामाइन कीर्तिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ । लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य