मूल्य सस्तिएसँगै ग्यास प्रयोग गर्ने बढे

सिमकोट – सुरुमा मूल्य महँगो हुँदा सीमित घरधुरीले प्रयोग गर्ने गरेको खाना पकाउने ग्यासको प्रयोग गर्नेको संख्या निकै बढेको छ। पहिलेभन्दा आधा मूल्य सस्तो भएपछि भान्सामा ग्यास प्रयोग गर्ने संख्या बढेको हो। भर्खरै चुलोमा ग्यास जडान गरेकी सुशीला रोकायाले विस्तारै प्रयोग गर्ने संख्यामा वृद्धि हुँदै आएको बताइन्। उनले आफ्नो चुलोमा प्रतिसिलिन्डर साढे ६ हजार मूल्यमा […]

सम्बन्धित सामग्री

खाना पकाउने ग्यासको प्रयोग गर्ने पाँच गुणाले बढे

खाना पकाउने ग्यासका प्रयोगकर्ता ह्वात्तै वृद्धि भएका छन् । ग्यासको मूल्य घटेपछि यसका प्रयोग गर्ने उपभोक्ताको सङ्ख्यामा वृद्धि भएको हो । सिमकोट बजारकी सुरिकला रावतले खाना पकाउने ग्यास पहिलो पटक प्रयोग गरेको बताउनुभयो । उहाँले विद्युत् नियमित नहुने र दाउराभन्दा ग्यास प्रयोग गर्दा मूल्य सस्तो पर्ने भएपछि ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो । उहाँले दाउरा किन्दा महिनामा १० हजारभन्दा बढी खर्च हुने गरेको तर ग्यास प्रयोग गर्दा महिनामा तीन हजार चार सय मात्र खर्च हुने भएपछि यसैको प्रयोग गर्न सुरु गरेको बताउनुभयो । उहाँले आफूसहित १० जना गृहिणीले पहिलो पटक ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो ।

ग्यास सस्तिएपछि प्रयोगकर्ता बढे

सुरुमा मूल्य महँगो हुँदा सीमित घरधुरीले प्रयोग गर्ने खाना पकाउने ग्यासको मूल्य अहिले सस्तिएको छ । पहिलेभन्दा आधा मूल्य सस्तो भएपछि ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसअघि प्रतिसिलिन्डर करिब १४ हजार रुपियाँ पर्ने ग्यास अहिले छ हजार रुपियाँमै पाइन्छ । कर्णाली कोरिडोर हुम्लाको सलीसल्लासम्म जोडिएपछि ग्यासको मूल्य सस्तिएको हो ।