हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई शनिबार दिउँसोसम्म पुग्ने अक्सिजन जोहो भएको छ। अक्सिजन अभावका कारण बिरामीलाई उपचारमा समस्या भएको भन्दै अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेपछि विभिन्न स्थानबाट अक्सिजनको व्यवस्थापन भएको हो। अस्पतालका अध्यक्ष राजेश प्रसाईंको अनुसार अस्पतालसँग शनिबार बिहान ७ बजेसम्म ८० वटा सिलिण्डर मौज्दात रहेको छ। अस्पतालले बिरामीहरुलाई सिन्धुली अस्पताल रिफर गर्न थालेको थियो। त्यसपछि मकवानपुरको अक्