काठमाडौं। काठमाडौं उपत्यकामा रहेका अस्पतालहरूको लागि अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरिएको छ। संकट व्यवस्थापन सञ्चालन केन्द्रले उपत्यकाका ७७ वटा अस्पतालका लागि अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरेको हो। अब नौवटा अक्सिजन उद्योगबाट दैनिक रूपमा सीसीएमसीले तोकेको कोटाको आधारमा सिलिण्डर आपूर्ति हुनेछ। उक्त कोटामा भविष्यमा थपघट गर्न समेत सकिने जनाइएको छ। उपत्यकामा दैनिक न्यूनतम चारहजार३३१ अक्सिजन सिलिण्डर खपत हुने सीसीएमसीले जनाएको छ।