धनगढी। नेपालगञ्जबाट महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेको गाडी कैलालीको घोडाघोडीमा दुर्घटनामा परेको छ। घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै म १ ख ३०४ नम्बरको मिनीट्रक पछाडिको टायर पड्केर अनियन्त्रित हुँदा पल्टिएको हो। दुर्घटनामा परेर चार जना घाइते भएको छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए।