तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राखौं: स्वास्थ्य मन्त्रालय
मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौं : जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट संचालनमा ल्याइएको छ। प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा प्लान्ट स्थापना गरिएको हो।
अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी…
सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ । साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्र्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । […]
काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। कोरोना महामारीले सबैतिर प्रभावित गरिर
कर्णाली, २ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलले कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न सङ्घीय सरकारसँग माग गरेको छ । एमालेका प्रदेश इञ्चार्ज एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा आज स्वास्थ्य मन्त्रालय पुगेको सांसदहरूको टोलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर कोभिड–१९ को महामारीले कर्णालीको […]
सिसिएमसीले व्यवस्थापन गर्न सकेन : प्रा.डा. जागेश्वर गौतम प्रवक्ता, स्वास्थ्य मन्त्रालय
मेडिकल अक्सिजन व्यवस्थापनको सहजीकरण स्वास्थ्यले नै गर्दै आएको थियो, पछिल्लो समय सिसिएमसीले जिम्मा लिए पनि उहाँहरूले सक्नु भएन । अस्पतालको नियमन...
वैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनजनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ ।
कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।
मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० ओटा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् ।
ती अस्पतालबाट दैनिक २ हजार ५४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले बताएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन विक्रेताले दैनिक ८ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । रासस
कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द