कपिलवस्तु – कपिलवस्तु अस्पतालमा अक्सिजन अभावका कारण काेराेना भाइरस सङ्क्रमितका बिरामी समस्यामा पर्न थालेका छन् । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ल्याउन नसक्दा बिरामी समस्यामा परेका हुन् ।
कपिलवस्तु अस्पतालमा दैनिक झन्डै एक सय थान सिलिन्डर अक्सिजनको आवश्यकता पर्ने अस्पताल प्रशासनले जनाएको छ । तर अहिले अक्सिजन दैनिक २० सिलिन्डर मात्र उपलब्ध भएका कारण बिरामीलाई आवश्यकताअनुसार अक्सिजन दिन नसकिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताउनुभयाे ।
कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यहीअनुसार अक्सिजन आपूर्तिक...