जाडो छ
यतिबेला नानीहरू
कक्षाकोठाबाट
घाम चोरिरहेछन् /आगो चोरिरहेछन्
र, गुरुहरू अनुशासनको नाममा छडी घुमाइरहेछन्।
जाडो छ
बादलले घाम चुसिरहेछ
हिउँले आगो लुछिरहेछ।
बन्द छन् झ्यालढोकाहरू
बन्द छन् बालआवाजहरू
र पनि
झ्यालढोका खोलेर फोरेर
सडक चउर र बस्तीमा
घाम आगो चोर्न दगुरिरहन्छन् -आँखाहरू।
पाठश...