घाम ताप्दै गोही

नवलपुर, ९ पुस: चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् ।-तस्वीर : टेकराज पोखरेल-रासस

सम्बन्धित सामग्री

बुढी राप्तीको बगरमा मस्त मगर गोही (तस्बिरहरू)

सौराहा आडको बाघमारा वन हुँदे बग्ने बुढी राप्ती खोलामा डुंगा सफारी गर्ने पर्यटकको घुइँचो लाग्छ । बाघमारा वनको उत्तर पश्चिम सीमा हुँदै दक्षिणमा गएर राप्ती नदीमा मिसिने बुढी राप्ती खोलामा डुंगा सफारी गर्दा पर्यटकले मगर गोही नै गोही देख्छन् । बगरमा घाम तप्दै मस्त सुतेका मगर गोही कतै एक्लै हुन्छन्, कतै जोडी हुन्छन् त कतै चार पाँचवटाको हुल नै भेटिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिक तटबन्ध

सौराहा, चितवन राष्ट्रिय निकुञ्ज छिर्ने १० प्रवेशद्वारमध्ये मुख्य नाका हो । चितवन निकुञ्ज घुम्न आउनेमध्ये अधिकांश पर्यटक यही बाटो भएर सफारीमा जाने गर्छन् । सौराहा आडको राप्ती किनारमा उभिएर हेर्दा निकुञ्ज जाँदै र फर्कंदै गरेका पर्यटक मात्रै हैन, बगरमा मजाले घाम ताप्दै गरेका मगर गोही र अति संकटापन्न वन्यजीव घडियाल गोहीसमेत देखिन्छन् । राप्ती खोला बस्तीमा छिर्ने आशंकाले त्यहाँ लगाएको तटबन्धन बलियो बनाउने काम बर्सेनि हुने गर्छ । पछिल्लो समय यो तटबन्ध थप टिकाउ बनाउन नौलो प्रविधि उपयोग भएको छ ।

फोटोफिचर: माउ घडियालको ढाडै ढाकेर बसेका बच्चाहरू

लोप हुने खतरामा पुगेको दुर्लभ जीव हो घडियाल गोही । पानी र जमिन दुवैमा बस्न सक्ने यो जीवले प्रायः घाम ताप्न र अन्डा पार्नका लागि पानी बाहिर निस्केर बालुवामा गुँड बनाउँछ । खाल्डो खनेर अन्डा पारेपछि पुरेर राख्छ तर माउले नियमित निगरानी गरिरहन्छ । बच्चा निस्केपछि पनि दुईदेखि आठ हप्ता आफूसँगै राख्छ । यो बच्चाहरूको हुल सौराहा खोरसोरदेखि दक्षिण दुधौरा राप्ती किनारको हो ।

घाम ताप्दै गोही

चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् । तस्वीर रासस

गोहीलाई पनि घामै प्यारो !

चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडोयाममा घाम ताप्नका लागि गोहीहरू पानीबाट बाहिर निस्कने गर्दछन् । तस्वीरः टेकराज पोखरेल/रासस

कपिलवस्तुमा पहिलोपटक मगर गोही फेला

कपिलवस्तु : वाणगंगा नगरपालिकामा पहिलो पटक मगर गोही फेला परेको छ। आइतबार रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने कोठी नदीमा मगर गोही देखा परेको थियो। प्रत्यक्षदर्शी स्थानीय कमल क्षेत्रीले नदीका किनारमा घाम तापेको बेला गोही देखेका हुन्। जिल्ला वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदन मोहन श्याण्डील्यका अनुसार स्थानीयको जान...