घाम गोठाला

लिस्बन शहरको एउटा गल्लीमा अहो घाम झुल्किसकेछ उठ्नैपर्‍यो सबेरै दिनै पर्‍यो गमलाको फूललाई पानी दौडनैपर्‍यो हतार हतार मेट्रो समाउन काममा जानुछ उसलाई नई दिल्लीको झुपरपट्टीमा अहो घाम एक टाङ्गो चढिसकेछ गर्नैपर्‍यो तयारी सेक्नैपर्‍यो रोटी भाग्नैपर्‍यो ‘जल्दी ‘ ‘बापुजी’ लाई खाजा पुर्‍याउन जानुछ ।   न्यूयोर्क शहरको एउटा कुनामा घामले आकाशको निलोपाटीमा बादलको डस्टरले आधा दिन […]

सम्बन्धित सामग्री

गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’

वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि खोटाङको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको सो उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका छन् । उपन्यासभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, …

कथा : झोरी

‘ए बोटे, माछा ले ।’‘नाई देलाटी रे ।’ (भो दिन्न हौ) भन्दै आवाजतिर हेर्न खोज्यो तर हेर्न भ्याएन । ऊ हतारमा थियो । पश्चिमी टुँडाको खेतमा घाम लुकिसकेको थियो । भुताहा खोलापारि जङ्गल गएका गोठाला, घाँसी र दाउरेहरू फिर्ता भई खोलावारिको डिल उक्लिसकेका थिए । उसको ध्यान एकोहोरो डुङ्गा अड्याउनमा अल्झेको थियो, त्यही भुताहा खोला किनारको शिलढुङ्गामा । डुङ्गाको अर्को टुँडो पछाडि घाँटीसम्मको पानीमा मौन थियो; छलाही बोटेको साथी कर्डा मुसहर । फेरि उही दिशाबाट झनै कर्कश आवाज आयो&nda