सहर भन्नु आफैंमा एउटा रहर हो । प्रविधि, अर्थतन्त्र र वास्तुकलाको विकासको उन्नत स्वरूपको छाप हरेक योजनाबद्ध सहरमा देखिन्छन् । कहिलेकाहीं कहर थुप्रिँदै थुप्रिँदै र तन्किँदै तन्किँदै गएर पनि त्यसले सहरको रूप लिन्छ । कालान्तरमा कहर चिर्दै चिर्दै एउटा भद्दा बस्तीलाई सुन्दर स्वरूप दिइन्छ । ठूल्ठूला घर, हरिया पार्क, फराकिला बाटा, जतासुकै झिलिमिली, अनेकथरी अवसर, पसल र अनेक रामरमिता । अरू केके चाहिन्छ एउटा राम्रो सहर बन्न ?