मधेसमा शीतलहरको कहर

जनकपुरधाम, पुस ८ । परालले छाएको सानो छाप्रो। एकातिर दाउरा र अर्कातिर परालको बोझाको बारबेर। चिसो भुइँमा पातलो सुकुल ओछ्याइको। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलका श्यामदेवी सदायको छाप्रोको अवस्था हो यो। यही ओछ्यानमा कठ्यांग्रिएर उनको साताजनाको परिवार थरथर काँप्दै शीतलहरको सिरेटो काट्दैछन्। चार छोराछोरी र वृद्धा आमालाई […]