नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ । संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क […]
२१ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले आइतबार शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल …
काठमाडौं– नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ […]
म्याग्दी- धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । ‘सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको […]
काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको अहिलेसम्म धेरै कमाउने तेस्रो नेपाली फिल्म हो । यो फिल्म गतसातादेखि भारतमा रिलिज भएको छ ।
नेपाली भाषी बहुल पूर्वोत्तर भारतमा रिलिज भैसकेको यो फिल्म भारतका …