जनकपुर मालपोतका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । जनकपुर मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ । जग्गासम्बन्धी काम […]

सम्बन्धित सामग्री

सडकको भुक्तानी दिए बापत चार लाख घुस लिने चार कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईका चार कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका चार जना कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो। आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान, इन्जिनियरद्धय रविन्द्र कुमार शर्मा, र धर्मेन्द्र कुमार झा एवं लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको […]

खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी

नगरपालिकाका इन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

सप्तरीमा कार्यरत एक इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।  साह मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ परेका ...

प्याराग्लाइडिङको लाइसेन्सका लागि ६ लाख घुस लिएका उपसचिव नेपालविरुद्ध मुद्दा

प्याराग्लाइडिङको सञ्चालन अनुमति (लाइसेन्स) दिलाएबापत घुस लिँदा रंगेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। घुस लिएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार...

पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो । उनीसँग भ्रष्टाचार नि

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्  । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस […]

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…

टोखा नगरपालिकाका कार्यकारी अधिकृत घुससहित पक्राउ

काठमाडौं : टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि घुस मागेका थिए।  समितिसँग घुस लिँदै गर्दा आयोग...

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत चालिसे पक्राउ

काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले कलंकीबाट पक्राउ गरेको हो। चालिसेले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफाइ दिन्छु भन्दै १० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए। ...

दुई लाख घुससहित जनस्वास्थ्य कार्यालय झापाका कर्मचारी रंगेहात पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई मंगलबार पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला...