काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले कलंकीबाट पक्राउ गरेको हो। चालिसेले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफाइ दिन्छु भन्दै १० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।
...