नगरपालिकाका इन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

सप्तरीमा कार्यरत एक इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।  साह मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ परेका ...

सम्बन्धित सामग्री

जब अख्तियारका कर्मचारीकै अगाडि विमानस्थलबाट डेढ लाख गायब भयो…

विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाल घुस लिएको आरोपमा पक्राउ परेका छन् । तर, अख्तियारले पहिल्यै नोट गरेको नम्बरसहितको घुस रकम उनको कार्यकक्षबाटै गायब छ ।

घुस रकम सहित इन्जिनियर पक्राउ

सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै तनहुँका एक जना कर्मचारी बुधबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई (शिक्षा) का इन्जिनियर सुरेन्द्र अधिकारी हुनुुहुन्छ । सदरमुकाम दमौली, मालपोत लाईन स्थित भिरकोट रेष्टुरेन्टबाट सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले प्रकाउ गरेको हो । भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन अधिकारीले घुस मागेको अख्तियारले जनाएको छ । घुस मागेपछि प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको थियो ।