प्रहरी एकेडेमीको टेण्डर स्वीकृतिको चरणमा

काभ्रेको पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको टेण्डर स्वीकृतिको चरणमा पुगेको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागी प्राविधिक परिक्षण सकेर टेण्डर आह्वान गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘ अहिले टेण्डर स्वीकृतिको चरणमा पुगेको छ ।’ 

सम्बन्धित सामग्री

रातमा हुने दुर्घटना रोक्न ललितपुरका सबै सडकमा बत्ती बाल्छौँ : चिरीबाबु

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबीघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताएका हुन्

घट्टेखोला-धम्पुस हुँदै ल्वाङ जोड्ने सडक निर्माण हुँदै

गण्डकी प्रदेशको नमुना सडकअन्तर्गत घट्टेखोला, धम्पुस, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जोड्ने सडक निर्माणमा सबै पक्षले सहयोग गर्ने भएका छन् । करिब तीन वर्षअघि १३ किलोमिटर सडक करिब ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि टेण्डर प्रकृयामा रोकिएको उक्त योजना केही संसोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने […]

लुम्बिनी गुरुयोजनालाई अझै साढे सात अर्ब चाहिने

बुटवल– लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गुरुयोजना पूरा हुने आशा पलाएको हो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै साढे […]

दुई दशकपछि कालोपत्रे सडकले जोडिँदै जैमिनी

कच्ची सडक सञ्चालले जोडिएको दुई दशक पछि बागलुङ सदरमुकामदेखि जैमिनी नगरपालिका जोड्ने सडक कालोपत्रेको काम तीव्र पारिएको छ । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । यो सडक ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रेको तयारी भैसकेकोले कुल कामको ८० प्रतिशत पुरा भएको निर्माण कम्पनी कर्ण बिल्डर्सले जनाएको छ । २०७५ असारमा टेण्डर प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेबाट सुरु भएको थियोे । सडक स्तरोन्नतिसहित कालोपत्रेको जिम्मेबारी पाएको कर्ण बिल्डर्स प्रालिले कामलाई अन्तिम चरणमा पु-याएको हो ।

देवल विमानस्थल निमार्ण अन्तिम चरणमा

लामो समयदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । एक दशकदेखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रेसहित वरिपरी घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ । टर्मिनल भवनबाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थल सुचारु गर्न पटक–पटक दवाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो ।

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन्। भीमफेदी-कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले संघीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर

‘ग्रिड सिंक्रोनाइज’को ठेक्का रद्द हुँदै

नेपाल र भारतबीचमा ग्रिड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडानका लागि ठेकेदार कम्पनी छनोटको प्रक्रिया जारी रहे पनि अन्तिम चरणमा रद्द हुने भएको छ । सरकारले सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन गरेपछि टेण्डर आह्वान गरेर तीन कम्पनी छनोट गरिसकेपछि यो रद्द हुने अवस्थामा पुगेको हो ।