प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन्। भीमफेदी-कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले संघीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर

सम्बन्धित सामग्री

गेटामा सय सैय्याको अस्पताल सञ्चालनको तयारी, मेडिकल कलेज बन्नेमा स्थानीयको आशंका

कैलाली । कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एकसय शैय्याको अस्पताल निर्माण हुँदैछ । तत्काल ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तीव्र पारेको हो । तर स्थानीयले भने सरकारले एकसय शैयाको अस्पताल सञ्चालन गरेर विश्वविद्यालयको सपना साकार हुन नदिने हो कि भनेर आशंका गरेका […]

नयाँ स्वरूपमा पोन्जी स्किम

यदि आफूले गरेको लगानीले मासिक रूपमा ३० प्रतिशतसम्म प्रतिफल दिन्छ भनेर कसैले लालच देखाउँछ भने त्यसप्रति आकर्षित नहुनेहरू कमै होलान् । सन् २०१८ मा चीनका चेन बो भन्ने मानिसले प्लसटोकन नाम दिएर प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) सँग सम्बद्ध वालेट तथा विनिमय सेवा सञ्चालन गर्ने भ्रामक परियोजनाको नाममा यस्तो उच्च प्रतिफलसहितको लगानीका लागि आम–आह्वान गरेका थिए र घोषणाअनुरूप प्लसटोकनले शुरूमै लगानीकर्तालाई मासिक ३० प्रतिशतको हाराहारीमा अत्युच्च प्रतिफल पनि प्रदान गर्न थाल्यो । करीब १ वर्षअगाडि मात्र भएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको प्रच्छन्न मुद्रासम्बन्धी पोन्जी स्किमले यस्ता मुद्रा कसरी ठगीको साधन बनाइँदै छन् भन्ने नयाँ तथ्यप्रति पनि विश्वव्यापी रूपमा ध्यानाकर्षण गराएको छ ।   यस्तो अत्युच्च प्रतिफल पाउने भएपछि लाखौं मानिसहरूले आफू मात्र होइन आफ्ना साथीभाइ तथा इष्टमित्रहरूलाई समेत बिटक्वाइन, लिटक्वाइनजस्ता प्रच्छन्न मुद्रामार्फत यो कार्यक्रममा लगानी गर्न प्रेरित गरिरहे र करीब १ वर्ष चलेको यस्तो भ्रामक लगानी अवसरबाट चीन मात्र होइन, दक्षिण कोरियाका मलेशिया, कम्बोडिया तथा भियतनामका समेत गरी तीसौं लाख लगानीकर्ताहरूले प्लसटोकनमा लगानी गरे । तर, वास्तवमा प्लसटोकनका सञ्चालकहरूले नयाँ लगानीकर्ताबाट संकलन गरेको रकम नै पुराना लगानीकर्ताहरूलाई ‘प्रतिफल’ भन्दै बाँड्दै आएको कुरा २०१९ को जुन महीनामा करीब ३ अर्ब डलर रकम संकलन गरेपछि यसका सञ्चालकहरू आफ्नो वेब साइटमा ‘माफ गर्नुस्, हामी भाग्यौं’ भन्दै फरार भएपछि मात्र खुल्न आएको थियो । त्यसको ठीक १ वर्षपछि गतवर्षको जुलाईमा चीनले यो घटनामा संलग्न भएको आरोपमा १०९ जनालाई पक्राउ गरी गत नोभेम्बेरमा तिनलाई जेल चलान गरिएको छ । चिनियाँ प्रहरीले प्लसटोकनका सञ्चालकहरूबाट वरामद गरेको बिटक्वाइन, इथर, लिटक्वाइन, ड्यास, टेथर जस्ता प्रच्छन्न मुद्राहरूको अहिलेको बजार मूल्य करीब सवा ४ अर्ब डलर बराबर भएको बताइन्छ । करीब १ वर्षअगाडि मात्र भएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको प्रच्छन्न मुद्रासम्बन्धी यो पोन्जी स्किमले यस्ता मुद्राहरू कसरी ठगीको साधन बनाइँदै छन् भन्ने नयाँ तथ्य प्रति पनि विश्वव्यापी रूपमा ध्यानाकर्षण गराएको छ ।   ठगी कर्मलाई ‘पोन्जी स्किम’ भन्नुको कारण सन् १८८२ मा इटलीमा जन्मिएका थिए चाल्र्स पोन्जी धनी परिवारका तर साथीहरूको कुसंगतले पढाइ पनि बिगारेका र पैसा पनि धेरै उडाएका कारण दिक्क भएका उनका परिवारले उनलाई अमेरिका गएर पैसा कमाउन प्रेरित गर्‍यो । फलस्वरूप २१ वर्षको उमेरमा साढे २ डलर साथ लिएर उनी अमेरिका गए । अहिले विश्वका विभिन्न मुलुकमा भए जस्तै त्यतिखेर इटालीमा पनि पैसा कमाउनका लागि अमेरिका जाने चलन थियो । उनी स्वयंले ‘न्यू योर्क टाइम्स’लाई दिएको अन्तर्वार्तामा आफूसँग त्यो समय पैसाको नाममा साढे दुई डलर मात्र भए पनि ‘दश लाख डलरको सपना’ थियो भनेका छन् । यही सपना साकार गर्ने क्रममा उनले शुरूमा वैध व्यवसायबाट नै उच्च नाफा कमाउन सफल भएका थिए । अमेरिका तथा क्यानडामा विभिन्न पेशामा अल्झिएर १५ वर्ष व्यतीत गरिसकेपछि उनले सन् १९१९ मा अमेरिकामा विभिन्न कम्पनीहरूको बजार प्रवर्द्धनमा मद्दत पुग्ने किसिमको अवधारणा विकास गर्ने उद्देश्यले एउटा आफ्नै सानो कम्पनी खोलेका थिए । एक दिन उनको कम्पनीलाई स्पेनको कुनै एउटा कम्पनीले आफ्नो विज्ञापन सामग्रीको लागि अनुरोधपत्र पठायो । त्यतिखेर (अहिले पनि कतैकतै) यसरी पत्र पठाउँदा जवाफी पत्र पठाउने प्रयोजनका लागि समेत विशेष कुपन पठाउने चलन थियो । यस्तो कुपनको मूल्य यूरोपको तुलनामा अमेरिकामा करीब ४०० प्रतिशत बढी हुने गर्दथ्यो । यसबाट पोन्जीको दिमागमा यस्तै फिर्ती हुलाक टिकटको कारोबारबाट उच्च नाफा कमाउने अवधारणा प्रस्फुरित हुन पुग्यो । यूरोपबाट सस्तो दरमा असंख्य मात्रामा यस्ता कुपन खरीद गरी महँगो अमेरिकी बजारमा बेच्नका लागि उनलाई धेरैभन्दा धेरै रकम आवश्यक परे पनि ४०० प्रतिशतभन्दा बढी नाफा हुने भएपछि नयाँ मानिसहरू सजिलै उनलाई यसरी रकम उपलब्ध गराउन थालिसकेका थिए । यसबाट हौसिएर उनले सन् १९२० मा ‘सेक्युरिटिज एक्सचेन्ज कम्पनी’ खोले र शुरूमा उक्त कम्पनीमा १८ जनाले एक एक सय डलरको हिसाबले जम्मा १८ सय डलर लगानी गरेका थिए । पोन्जीले ती १८ जना सबै लगानीकर्तालाई उनीहरूको लगानीको शत–प्रतिशत प्रतिफल तुरुन्तै अर्को महीना नै फिर्ता गरिदिए । यसरी १ महीनाभित्रै लगानीको शत प्रतिशत प्रतिफल प्राप्त भएको देखेपछि थप नयाँ लगानीकर्ता आकर्षित नहुने कुरै भएन । यसरी सहजै रकम धमाधम संकलन भएपछि उनले अझ बढी प्रतिफल प्रतिज्ञा गर्दै हुलाक टिकट किन्न चाहिनेभन्दा ठूलो परिमाणमा रकम संकलन गर्न थाले । तर, यसरी नयाँ नयाँ मानिसहरूबाट संकलित रकमको प्रतिफल त्यही उच्च दरमा दिन भने उनलाई हुलाक टिकटको कारोबारले मात्र धान्न नसक्ने भयो । अब उनलाई पुराना लगानीकर्तालाई प्रतिफल दिनका लागि नयाँ लगानीकर्ताको रकम आवश्यक पर्न थाल्यो । अनि बिस्तारै नव आगन्तुक लगानीकर्ताबाट संकलित रकमलाई ‘प्रतिफल’ को नाममा पुराना लगानीकर्तालाई बाँडेर यो ‘कुचक्र’लाई निरन्तरता दिनका लागि उनलाई नयाँनयाँ लगानीकर्ता नथपी हुँदै भएन । त्यसका लागि उनले नव लगानीकर्ताका लागि ४५ दिनमा ५० प्रतिशत प्रतिफल र ९० दिनमा शतप्रतिशत प्रतिफल दिने आकर्षण प्रस्तुत गरेका थिए । फलस्वरूप नयाँ लगानीकर्ताबाट उठेको रकम नै पुराना लगानीकर्तालाई उनीहरूको लगानीको ‘प्रतिफल’ भन्दै वितरण गर्न थाले । यसरी प्रत्येक नयाँ लगानीकर्ताको लगानी पुरानो लगानीकर्ताको ‘प्रतिफल’ का रूपमा जम्मा हुँदै गयो । यस्तो कुचक्रमार्फत पोन्जीले प्रतिदिन नै त्यतिबेला अढाइ लाख डलरसम्म कमाउन सफल भएको बताइन्छ । तर, करीब १ वर्षभित्रै जुलाई १९२० मा यस्तो आकर्षक, काल्पनिक र भ्रामक उच्च प्रतिफल दिने भनिएको योजना धराशयी भयो र यसबाट २ करोड डलरको ठगी भएको तथ्य बाहिर आयो । वास्तवमा पोन्जी स्किममा लगानीकर्तालाई पोन्जी स्किम सञ्चालन गर्नेले संकलित रकमको गोप्य तथा कुशल तरीकाले लगानी गरी उच्च प्रतिफल प्राप्त भएको भ्रम छर्ने गरेको पाइन्छ । यस्तो कुचक्रमा वास्तवमा पुराना लगानीकर्तालाई उनीहरूको लगानीको ‘प्रतिफल’ भन्दै बाँडिने रकम नयाँ लगानीकर्तालाई ‘शिकार’ बनाई उठाउने गरिन्छ र यो चक्र त्यति बेलासम्म चलिरहन्छ जतिबेला यो कुचक्रको पर्दाफास हुँदैन र अन्तिममा लगानी गर्नेहरू पूर्णरूपमा शिकार हुँदैनन् । कतिपय अवस्थामा यस्ता कुचक्र सञ्चालकहरू यो चरणमा बाँकी रहेको पैसा कुम्ल्याएर फरारसमेत हुने गर्छन् । यस्तै नव लगानीकर्ताहरूलाई ‘झूटो’ तरीकाले उच्च प्रतिफलको लोभमा फसाउँदै चाल्र्स पोन्जीले गरेजस्तै चक्रीय रूपमा ठगी गरिने हुनाले यस प्रकृतिको ठगी कर्मलाई पोन्जीको कुचक्र ( पोन्जी स्किम) नामकरण गरिएको बुझ्न कठिन छैन । लेखक बैंकर हुन् ।

कोरोनाका कारण पुनः धकेलिए राष्ट्रिय गौरवका खानेपानी आयोजना

वैशाख २६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब एक महीना मात्रै बाँकी थियो । वर्षौंदेखि खानेपानीका लागि रातदिन समस्या झैल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः आगामी असारभित्रै घरघरमै खानेपानी पाउँदै थिए ।  कोरोना संक्रमणको उच्च जोखिमका कारण अब असारमै खानेपानी पाउने सम्भावना हाललाई टरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका थिए । सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो ।  ‘आउँदो असारसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ, कोरोनाका कारण काम रोकिएको छ, यो आयोजना सम्पन्न गर्न पाए तेमालको एउटा ठूलो सपना साकार हुने थियो’, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनका अनुसार गत मंसिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम अघिल्लो वर्षको कोरोना संक्रमणले र अहिले पनि कोरोनाकै कारण पुनः धकेलिएको हो ।  विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत मंसिरमा सक्ने लक्ष्य राखिएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।  नेपाल सरकार, खानेपानी विभागमार्फत रू. एक अर्ब २७ करोड, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । हाल आयोजनाको करीब ९८ प्रतिशत भौतिक निर्माणको काम सकिएको जानकारी दिइएको छ ।  अर्को गौरवको आयोजना पाँचखाल नगर शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम धकेलिने भएको छ । अघिल्लो वर्ष नै कोरोना संक्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई अहिले पनि प्रभाव पार्ने देखिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । ‘सामग्री ढुवानीमा निकै समस्या परेको छ, अन्य निर्माणको काम हाललाई नरोकिए पनि अब कामले निरन्तरता पाउनेमा चिन्ता छ’, उनले भने ।  पाँचखाल नगरपालिकाका १० वडाका ७ हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।  उक्त खानेपानी आयोजना रू. दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रू. एक अर्ब ३४ करोड ६६ लाखमा सक्नेछ । आयोजना सम्झौताको सर्तअनुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रू. ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् ।  मण्डनदेउपुर नगरपालिकामा हालै मात्र रू. एक अर्बको सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजना स्वीकृत भएको छ । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । कोरोनाका कारण प्रशासनिक काम भइरहे पनि हाललाई रोकिएको जानकारी दिइएको छ ।  टेन्डर आह्वानलगायत प्रशासनिक काम भइरहँदा कोरोनाले हाललाई रोकियो’, उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले भने । उनका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रू. ९६ करोड, स्थानीय उपभोक्ताबाट संकलित तथा नगरको लगानीसहित रू. एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।  आयोजनाका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रू. एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।  गत चैतदेखि परीक्षणको काम थालेका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती समेटिएको काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको थप काम पनि हाललाई रोकिएको छ । रासस

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

अस्ट्रेलिया र सिरियाबीच रस्साकस्सी

गृहयुद्धका बावजुद पनि प्लेअफमा स्थान सुरक्षित गर्दै छनोट चरणमा अविस्मरणीय स्थान बनाएको सिरिया मंगलबार दोस्रो लेगमा एसियन च्याम्पियन अस्ट्रेलियाको चुनौती पाखा लगाउँदै पहिलो पटक विश्वकपमा छनोट हुने सपना साकार पार्ने लक्ष्यमा हुनेछ ।