दुई दशकपछि कालोपत्रे सडकले जोडिँदै जैमिनी

कच्ची सडक सञ्चालले जोडिएको दुई दशक पछि बागलुङ सदरमुकामदेखि जैमिनी नगरपालिका जोड्ने सडक कालोपत्रेको काम तीव्र पारिएको छ । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । यो सडक ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रेको तयारी भैसकेकोले कुल कामको ८० प्रतिशत पुरा भएको निर्माण कम्पनी कर्ण बिल्डर्सले जनाएको छ । २०७५ असारमा टेण्डर प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेबाट सुरु भएको थियोे । सडक स्तरोन्नतिसहित कालोपत्रेको जिम्मेबारी पाएको कर्ण बिल्डर्स प्रालिले कामलाई अन्तिम चरणमा पु-याएको हो ।

सम्बन्धित सामग्री

एक हप्तामै उप्कियो कालोपत्रे

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकास्थित जगरनाथपुरदेखि मिलन चोकसम्मको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उप्किएको छ। नौ किलोमिटरसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी शारदा अमित निर्माण सेवाले हतार हतार कालोपत्रे गर्दा एक हप्ता पनि टिक्न नसकेको हो। ०७९/८० को अन्तिम महिना असारमा ठेकेदार कम्पनीले उक्त सडकखण्डमा कालोपत्रे गरेको थियो। ठेकेदार कम्पनीले ३ करोड ४० लाख […]

एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

उपत्यकाका सीमित सडकमा कालोपत्रेमाथि कालोपत्रे

पुरानो कालोपत्रे नउप्किँदै मुख्य सडकहरूमा कालोपत्रे गर्न सरकारले नै हरेक वर्ष छुट्याउँछ बजेट उपत्यकाका कतिपय सडक चाहिनेभन्दा छोटो समयमै कालोपत्रे भए पनि कतिपय भने लामो समयसम्म पनि कालोपत्रे हुन सकेका छैनन् ।...

बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ । हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो । चालु आर्थिक वर्षमा पाटीखर्क-चलाल गणेशस्थान-आलुबारी पाटी-मुसेखोल्सा सडक अन्तर्गत ३.७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । जसअन्तर्गत २.५ किलोमिटर कालोपत्रे […]

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।...

मध्यनेपालका चारवटा सडक कालोपत्रे

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत चारवटा सडक कालोपत्रे सुरु भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै विभिन्न भागमा रहेका चारवटा कच्ची सडकलाई कालोपत्रे गर्न सुरु गरेको हो ।चालू आर्थिक वर्षमा विनियोजित कुल तीन करोड २० लाख रुपैयाँ लागतमा चार किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । भोर्लेटार र रिस्ती करिडोरअन्तर्गतका छुट्टाछुट्टै सडक कालोपत्रे गर्न थालिएको मध्यनेपाल नगरपालिका […]

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।      साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा […]

कालोपत्रे उप्किएपछि फेरि काम गर्न ठेकेदारलाई महानगरको निर्देशन

चितवनको भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन्। काम भएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरुप कालोपत्रे उप्काइदिएका हुन्। शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा...

वीरगञ्जको मुख्य सडक कालोपत्रे हुँदै

७ माघ, वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि पावरहाउससम्म मुख्य सडकको पश्चिमतर्फको भाग कालोपत्रे गरिने भएको छ । सडकको १.८ किलोमिटर खण्ड जीर्ण अवस्थामा पुगेपछि वीरगञ्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो । २ करोड ३ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सन पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी […]