‘ग्रिड सिंक्रोनाइज’को ठेक्का रद्द हुँदै

नेपाल र भारतबीचमा ग्रिड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडानका लागि ठेकेदार कम्पनी छनोटको प्रक्रिया जारी रहे पनि अन्तिम चरणमा रद्द हुने भएको छ । सरकारले सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन गरेपछि टेण्डर आह्वान गरेर तीन कम्पनी छनोट गरिसकेपछि यो रद्द हुने अवस्थामा पुगेको हो ।