देवल विमानस्थल निमार्ण अन्तिम चरणमा

लामो समयदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । एक दशकदेखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रेसहित वरिपरी घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ । टर्मिनल भवनबाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थल सुचारु गर्न पटक–पटक दवाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो ।