अमेरिकाले ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत नेपालाई खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलव्ध गराउन अमेरिकी राष्ट्रपतिलाई पत्र लेखेको एक हप्ता नबित्दै अमेरिकाले खोप दिने जनाएको हो। उसले खोप दिन लागेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद भनेका छन् ।