लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो, सार्वजनिक यातायातबारे छलफल चल्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो । सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ । निजी सवारी जस्तै सार्वजन...

निषेधाज्ञा खुकुलो गरी एक हप्ता लम्बियो, के गर्न पाइने के नपाइने (सुचनासहित)

काठमाडौं, ६ असार । सरकारले काठमाडौं उपत्यकाभित्र एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी त्यस्तो निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचनामा निजी सवारी जोर बिजोर प्रणलाीमा चल्न दिने निर्णय भएको छ । ८ असारबाट लागू हुने गरी जोर गते […]

हुम्लामा केही खुकुलो गर्दै निषेधाज्ञा एक हप्ता लम्बियो

हुम्ला। कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली  जिल्ला हुम्लामा वैशाख २१ गते जारी गरिएको निषेधाज्ञा पाँचौँ पटक ७ दिनका लागि थपिएको छ । कोरोनाको सम्भावित जोखिम कम गर्न वैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जिल्लामा  पछिल्लो वस्तुस्थिति बुझेर आज (बुधवार) बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले ७ दिनका लागि निषेधाज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै असार २ गते राती १२ बजेबाट असार १० गते राती १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

तनहुँमा एक साता लम्बियो निषेधाज्ञा

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ। शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गतेसम्म लम्ब्याएको हो। सङ्क्रमितहरुको संख्या बढ्दै जाँदा कोरोना महामारीको जोखिम पनि यथावत् रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। रासस

तनहुँमा जारी निषेधाज्ञा थप एक साता लम्बियो

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर […]

काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका ...

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]

बाँकेमा २७ गतेसम्म लम्बियो निषेधाज्ञा

बाँके : कोरोना भाइरस संक्रमण भयावह बनेको बाँकेमा निषेधाज्ञा थप एकसाता लम्बिएको छ।  सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जनाएको हो। अब २७ गते रातिसम्म निषेधाज्ञा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो। संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो।अहिले पनि संक्रमण दर