काठमाडौं, २४ पुस । एफए कप फुटबलमा म्यानचेस्टर सिटीले स्विनडोन टाउनमाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले स्विनडोन टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १४औं मिनेटमा बेर्नार्डो सिल्भा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । गाब्रियल जिससले खेलको २८औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]