म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो । उसको जितमा आठौँ मिनेटमा स्कट म्याकटोमिनीले गरेको गोल नै निर्णायक बन्यो । चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।