राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भने, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जो कसै नेतालाई जेल हाल्नुपर्यो ।’उनले एसपीपी प्रकरणमा नेपाली से

सम्बन्धित सामग्री

राष्ट्रघात हुँदै छ, इतिहासले सराप्छ : झपट रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपट रावलले नागरिकता विधयेक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रघात गर्न लागिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलका क्रममा उनले तत्कालीन नेकपामा रहेका नेताहरूले सातवर्षे प्रावधान मानेको भन्दै अहिले ती नेता ‘कहाँ छन् ?’ भनी प्रश्न गरे । “आज मुलुकमाथि राष्ट्रघात...

सरकारले बिचौलिया पोस्न हतियार किन्न खोज्यो : सांसद सिलवाल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्। उनले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाए। ‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल

अर्थमन्त्री विचौलियाको चंगुलमा परेर राष्ट्रघात गरे : भानुभक्त ढकाल

काठमाडौं । नेकपा(एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मा विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेको बताउनुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताउनुभएको हो । ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको […]

सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने– बजेट बनाउँदा राष्ट्रघात भएको छैन

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा

बजेट निर्माण गर्दा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात हो : योगेश भट्टराई

काठमाडौं :  नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरूलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका […]