काठमाडौं : नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरूलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग