काठमाडाैँ- नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रूपमा स्वीकार नगर्ने बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्। उनले भने, ‘जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान […]