कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसद प्रेम सुवालले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका हुन् । उनले एसपीपी कार्यक्रममा अमेरिकाबाट कुनै प्रस्ताव नआएको पनि जिकिर गरे। ‘एसपीपी कार्यक्रमका लागि प्रस्ताव अमेरिकाले राखेको नै छैन । सरकारलाई बदनाम गराउने खेल मात्रै हो । वनको बाघले होइन मनको बाघले नखाओस्’, उनले स