भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’

काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् । अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा […] The post भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रपतिमा दमननाथ ढुंगाना रोजौँ

आजको परिस्थितिमा सबैको प्यारो, उच्च विचारका धनी क्षमतावान दमननाथ ढुंगाना नै हुनुभएकाले राष्ट्रपतिमा चयन गर्नु हाम्रो धर्म र कर्तव्य हो।...

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

काठमाडौं, पुस ५ । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित

ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१%...

इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन्। संसद्मा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसद्मा दुई पटक मतदान...

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।  नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन्। विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ […]

विक्रमासिंघेले लिए राष्ट्रपतिमा शपथ

काठमाडौं : श्रीलंकाको ८ औं राष्ट्रपतिमा रनिल विक्रमासिंघेले शपथ ग्रहण गरेका छन्। आज संसद भवनमा उनलाई प्रधानन्यायाधीश जयन्त जयसुर्याले शपथ ग्रहण गराए। श्रीलंका आर्थिक संकटमा पुगेपछि नागरिकले निवर्तमान राष्ट्रपति गोतावाया राजापक्षेविरुद्ध आन्दोलन चर्काएका थिए।  त्यसपछि देश छाडेर भागेका राजापाक्ष अहिले सिंगापुर पुगेका छन्।हिजो संसदले राष्ट्रपतिमा विक्रमासिंघेलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ।  दुई महिनाअघि मात्रै विक्रमासिंघेलाई राष्ट्रपति राजापाक्षले प्रधानमन्त्रीमा नियुक्त

श्रीलंकाको राष्ट्रपतिमा चुनिए रनिल विक्रमसिंघे

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तले  पराजित गरेको...

श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि आफ्ना विश्वासपात्र क्रिस्टोफर गोलाई राष्ट्रपतिमा अगाडि बढाएर आफू उपराष्ट्रपति बन्ने गरी उम्मेदवारी घोषणा गर्न पुगेका छन् । त्यसलाई चुनौती दिदै पाकुईले राष्ट्रपतिमा […]