काठमाडौं : श्रीलंकाको ८ औं राष्ट्रपतिमा रनिल विक्रमासिंघेले शपथ ग्रहण गरेका छन्। आज संसद भवनमा उनलाई प्रधानन्यायाधीश जयन्त जयसुर्याले शपथ ग्रहण गराए। श्रीलंका आर्थिक संकटमा पुगेपछि नागरिकले निवर्तमान राष्ट्रपति गोतावाया राजापक्षेविरुद्ध आन्दोलन चर्काएका थिए। त्यसपछि देश छाडेर भागेका राजापाक्ष अहिले सिंगापुर पुगेका छन्।हिजो संसदले राष्ट्रपतिमा विक्रमासिंघेलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ। दुई महिनाअघि मात्रै विक्रमासिंघेलाई राष्ट्रपति राजापाक्षले प्रधानमन्त्रीमा नियुक्त