रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ स्थित धकधईमा मंगलबारदेखि खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानहरु सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको बताए । […]