अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेका खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा कुस्ती प्रतियोगिता सुरु

कपिलवस्तु : तराईमा अत्यधिक रुचाइने तथा लोपोन्मुख कुस्ती खेल कपिलवस्तुको लवनीमा सुरु भएको छ। बिराट कुस्ती दंगल समिति कपिलवस्तुको आयोजनामा तीन दिने बिराट अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन...