तिलोत्तमा मेलामा कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि  कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगिता मङ्सिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् । यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्ज्वल गिरी, मञ्जु भट्टराई, श्रीधर अधिकारी, विनोद विष्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मन