काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा रौहतट क्षेत्र २ का लागि जेलमा रहेका मोहम्मद अफताब आलमलाई उम्मेदवार सिफारिश गरेको छ। मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेका आलमलाई कांग्रेसले उम्मेदवार सिफारिश गरेको हो। ०७४ सालको निर्वाचनमा आलम सोही क्षेत्रबाट निर्वाचित भएका थिए। आलम अहिले पूर्पक्षका लागि ललितपुरस्थित कारागारमा छन्।