बालेनमाथि केशव स्थापितले लगाए गम्भीर आरोप

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका […]

सम्बन्धित सामग्री

केशवको हारमा रश्मिलाको खुसी, भन्छिन्,‘यौन दुराचारीको हार भयो, मतदातालाई धन्यवाद’

काठमाडौँ – काठमाडौँ महानगरमा नेकपा एमाले तर्फबाट मेयरका प्रत्यासी केशव स्थापित पराजित भएपछि रश्मिला प्रजापतिले खुसी व्यक्त गरेकी छन्। प्रजापतिले नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। २५ वर्ष अगाडि स्थिापित काठमाडौँको मेयर हुँदा रश्मिला सोही महानगरकै कर्मचारी थिइन्। स्थापितले याे पल्ट मेयरमा उम्मेदवारी दिएपछि उनले यौन दुराचारको […]

फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद छः केशव स्थापित

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद रहेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्थापितले भने, “काठमाडौं उपत्यकाको फोहोरमा संगठित माफिया छ, त्यसलाई सरकारको आशीर्वाद प्राप्त छ । मैले २५ वर्ष […]

महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिलामैंत्री हो : केशव स्थापित

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहो¥याए । स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहो¥याए । स्थापितले भने, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ । माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन् । स्वाभिमानले नदिने रैछ क्या । म महिला हुँ भन्ने दम्भ हो नि । तर पुरुषहरु त म जस्तै दाह्रीवालहरु त मास्क लगाएपछि त झनै नचिन्ने भएछ, आजकाल । खान दे, पिन दे, लिन दे हुन्थ्यो । यो भन्दा महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैंत्री हो । मैले २०५१ सालमा खेलकुदमा महिलाहरुले एउटा डिभिजननै खोल्ने भनेको । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन । मैले एउटा ह्याण्डनोट ल्याएको छु–तपाईहरुले हेर्नू । मैले धेरै मोर्चाबाट भने–मैले केही सत्य कुराहरु गर्दा मान्छेलाई आघात हुन्छ है । त्यो सत्य उद्बोधन नगर्दा राम्रो हुन्छ मैले भने । त्यो एउटा रश्मिला प्रजापति भन्ने प्रकरणमा अलिकति दुई शब्द भनौं । उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनु भयो । मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो । मैले हुन्छ भने । मेरो एक्सपर्टले ल्याएको होइन । एसिस्टेन्ट भयो । मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाँही देख्थे । मैले उहाँसँग कहिल्यै संगत गर्नु परेन । उहाँ सम्पदा विभाग भित्र काम गथ्र्यौं । मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकालथ्ये होला नि ।’स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ : केशव स्थापित

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे । आफू महिलामैत्री भएकै कारण उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने उनको भनाइ थियो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू वि

बालेन शाह : वैशाख ३० गते काठमाडौँमा मधेसको परीक्षा

र्‍यापर तथा इन्जिनियरका रुपमा चिनिएका बालेन शाहले राजनीतिक क्षेत्रमा पाइला टेक्दै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीमध्येका एक केशव स्थापितले उनीमाथि ‘अन्तर्राष्ट्रिय ठग’ को आरोप लगाएका छन् । केशव स्थापित आफैमा पनि आरोपमुक्त भने छैनन् । उनीमाथि ‘मी टु’ को आरोप छ । मेयरकै उम्मेदवार काँग्रेसकी सिर्जना सिंहमाथि पनि ‘परिवारवाद’ को आरोप छ ।यिनै आरोपका बीच वैशाख ३० गते हुने निर्वाचनमा काठमाडौंवासीले जनप्रतिनिधि चयन गर्नेछन् ।

चुनावको मुखमा अराजक राजनीति !

काठमाडौं : नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित चर्चामा आइराख्ने व्यक्ति हुन्। उनीमाथि लागेको ठूलै आरोप किन नहोस्? उनले हल्का रूपमा लिइदिन्छन्। उनीमाथि यौन दुर्व्यवहारको आरोप पनि यसअघि नलागेको होइन। तर, त्यो कुरा उनी स्वीकार्न तयार छैनन्।  उनले उम्मेदवार दर्ता गराएपछि भनेका थिए, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरू भनाइ छैन। बेलाबेलामा यो इस्यु उठ्छ। त्यसमा मेरो भनाइ केही पनि छैन। विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि।&rs

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…

केशव स्थापित र बालेनमाथि तुच्छ आरोपपछि नेसनल कलेजमा भयो यस्तो हंगामा (भिडिओ)

मेयरका दुई उम्मेदवार केशव स्थापित र बालेन शाहमाथि एक छात्राले गम्भीर आरोप लगाएकी थिइन् । उनको आरोपमा स्थापित आक्रामक रुपमा प्रस्तुत भए जथाभावि बोल्न पुगे । बालेनले भने शान्त प्रतिवाद गरे ।

‘स्थापितको उम्मेदवारी उत्पीडनविरुद्ध बोल्न आँट गर्नेहरुको अनुहारमा झापड’

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेपछि केशव स्थापित लगातार निशानामा परिरहेका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । ‘मी टु’ प्रकरणमा मुछिएका उनलाई फेरि उम्मेदवार बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।पूर्व मेयर स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई युवतीमध्ये एक जना महानगरपालिकाकै पूर्व कर्मचारी र अर्की युवती भने पत्रकार थिइन् । यी दुईले स्थापितले आफूहरुलाई यौन दुर्व्य

मिटु आरोपमा केशव स्थापितले भने– विवादमा नआउने केशव स्थापित हुन्छ ?

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार रहेका केशव स्थापितले मिटु प्रकरणमा आफूलाई नाममात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए । उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? वि