चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना रु पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउदै आएको छ ।

सम्बन्धित सामग्री

टेक्सासबाट न्युयोर्कका लागि कागजपत्रविहीनलाई नबोक्न बस कम्पनी सहमत

बस कम्पनी रोडरनर चार्टर्सले बुधबार टेक्सासबाट न्युयोर्क सिटी र वरपरका क्षेत्रहरूमा आप्रवासीहरूलाई ढुवानी गर्न रोक्न सहमत भएको । न्युयोर्क सिटीले बस कम्पनीहरुविरुद्ध हालेको मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सहमति भएको हो । न्युयोर्क सिटीले पछिल्ला दुई वर्षमा टेक्सासबाट बसमा हालेर न्युयोर्क ल्याइएका कागजपत्रविहीनको हेरचाह गर्न खर्च भएको ७ सय मिलियन भन्दा बढी रकमको माग तत्कालका […]

चामलको मूल्य एक हजार ८००, ढुवानी भाडा २५ सय

डोल्पा  : सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ। यही चामल उपल्लो डोल्पामा पुर्‍याउँदा दुई हजार ५०० पर्छ। एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ। उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्। उपल्लो डोल्पामा रहेका तीन पालिकामा भौतिक संरचना निर्माणदेखि विकास निर्माण सबै काम गर्दा सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा समस्या हुने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।छार्काताङसुङ, डोल्पोबुद

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ […]

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ विक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा चामलको मूल्य सात हजार, मोटो चामल पाँच हजार र सोना मन्सुली पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउँदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा ६५, धारगाउँको ५६ र सालदाङसम्मको ९० पर्छ । सालदाङमा चामल पु¥याउन ९ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार बढी छ ।      निजीक्षेत्रबाट विक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा ६ हजार पर्छ भने तिन्जेमासात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।       चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।       डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकोमा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए । हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ । त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ । यी सबै कम्पनीका विक्री केन्द्र हुन् । कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपालिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याइएको छ । उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण चामल पुग्न नसकेको हो । सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको धोका पेमा गुरुङले बताइन् । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसाधारण बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताइन् । अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको छ । उक्त अन्नले तीन महिना पनि खान नपुग्ने यहाँका स्थानीयवासी बताउँछन् । जडीबुटीको भण्डारको रूपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू–भाग शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले घेरिएको छ । पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन् । सोही आम्दानीबाटै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता छ । रासस

उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ।उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ।सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढ

परनिर्भर पारवहनले बढायो ढुवानी खर्च

वीरगञ्ज । नेपालको वैदेशिक व्यापार दिनप्रतिदिन बढ्दै गएको छ । उत्पादन र आपूर्तिसँगै पारवहनमा बढ्दो परनिर्भरताले ढुवानी खर्च अनपेक्षित रूपमा बढेको सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापारमा ढुवानी खर्च मुख्य पक्ष भए पनि यो लागत घटाउन नसक्दा व्यापारको प्रतिस्पर्धी क्षमता कमजोर बन्दै गएकोमा निजीक्षेत्र चिन्तित देखिएको छ । सरकारले पारवहन पूर्वाधार र सेवामा स्वदेशी निजीक्षेत्रलाई अघि नबढाउँदा यस्तो सेवा विदेशीको हातमा गएको र यसमा उनीहरूको मनपरी चलेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समिति संयोजक अशोककुमार टेमानीको बुझाइ छ । ‘पारवहन वैदेशिक व्यापारमात्र नभएर अर्थतन्त्रकै मेरूदण्ड हो । तर, सरकारले यसलाई अहिलेसम्म पनि हलुका रूपमा लिएको छ । ढुवानी सेवा र पारवहनसँग सरोकार राख्ने पूर्वाधार विस्तारमा उदासीनता लागत अभिवृद्धिको कारण बनेको छ,’ टेमानीले भने । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतले पारवहन लागतलाई १५ प्रतिशतमा झारिसकेको र अबका केही वर्षमा यसलाई १० प्रतिशतको हाराहारीमा ल्याउने योजना बनाएको अवस्थामा नेपालमा यो खर्च ३० प्रतिशतभन्दा बढी देखिएको व्यवसायी बताउँछन् । सरकारले भारतीय समुद्री बन्दरगाहको विकल्प, त्यहाँ हुने प्रक्रियामा सुधार, सीमानाकामा पूर्वाधार विस्तारजस्ता कामलाई अघि बढाए पनि लागत घट्न नसकेको उद्यमी प्रदीपकुमार केडिया बताउँछन् । पूर्वाधार र प्रक्रियागत सुधारबाट लागत घट्ने अपेक्षा गरिए पनि प्रत्येकपटक आयातमा ढुवानी लागत बढ्दै गएको अनुभव आयातकर्ताको छ । ‘पूर्वाधार र प्रक्रियागत सुधारले मात्र पुग्दैन । त्यसको सञ्चालनमा स्वेदशी कम्पनीलाई प्रवर्द्धन नगरेसम्म उपलब्धि नहुने देखियो,’ वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केडियाको भनाइ छ । नेपालको वैदेशिक व्यापारको आकार वर्षेनि बढ्दै गए पनि ढुवानी सेवामा विदेशी कम्पनीको वर्चस्व छ । ‘तेस्रो मुलुकबाट समुद्रीमार्ग, रेल र स्थलमार्गमा स्वदेशी कम्पनी कहीँकतै संलग्न छैनन् । यत्रो समय बितिसक्दा पनि हामीकहाँ कार्गो सञ्चालन गर्ने कम्पनी जन्माउन सकिएन । हामी नीतिगत रूपमै चुकिरहेका छौं,’ टेमानीको निष्कर्ष छ । पारवहनमा प्रतिस्पर्धा बढाएर लागत घटाउन स्वदेशको निजीक्षेत्रलाई अघि बढाउनुपर्ने टेमानी बताउँछन् । सरकारको स्वदेशी ढुवानी प्रवर्द्धनको नीति नलिएको ढुवानी व्यवसायी राजेन्द्र गुप्ता बताउँछन् । सरकारले ढुवानीलाई बलियो बनाउनुको सट्टा नीतिगत अस्थिरता बनाएर हतोत्साहित गरेको गुनासो गुप्ताको छ । ‘नीतिगत स्थिरता नभई स्वदेशको पारवहन पूर्वाधार बलियो हुन सक्दैन । सरकार कुनै वैज्ञानिक आधारविनै ढुवानीमा कहिले भ्याट लगाउने र कहिले हटाउने गर्छ । यस्तोमा व्यवसायीमा अन्योल सृजना हुन्छ,’ गुप्ताले आर्थिक अभियानसँग भने । विगत केही वर्षयता पारवहनसँग सरोकार राख्ने केही पूर्वाधार र प्रक्रियागत सुधारका काम भए पनि स्वदेशी आयात व्यापारले त्यसको अनुभूति गर्न नपाएको आयातकर्ता नवनीत अग्रवाल बताउँछन् ।

व्यवसायीको नजरमा हङकङ निर्यात व्यापार

नेपालदेखि कोलकातासम्म नेपाली उत्पादन ढुवानी गर्दा लाग्ने यातायात खर्च बढी पर्ने गरेकै कारण नेपाली उत्पादन हङकङमा महँगो पर्ने गरेको छ । नेपालमा वैदेशिक व्यापारको सन्तुलनको अवस्था विगत केही वर्षदेखि निरन्तर बिग्रँदै आएको छ । आव २०७६-०७७ को व्यापारको प्रवृत्तिलाई हेर्दा कुल व्यापार १२ सय ९४ अर्ब भएको छ । त्यसमा आयात ११ सय ९६ अर्ब […]

ओलाङचुङगोलाका बासिन्दाको पीडा : खरीदभन्दा ढुवानीमा खर्च बढी

जेठ २, ताप्लेजुङ । एक वर्षअघिसम्म चीनसँगको सीमावर्ती यहाँको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामग्री तिब्बतबाट खरीद गर्थे । ओलाङचुङगोलामा उत्पादित गलैंचा, घ्यू, छुर्पीलगायत सामग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट यहाँका बासिन्दाले खाद्यान्नसहितका सामान ल्याउने गरेका हुन् ।             अर्कातर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्यवस्तुलगायत घरायसी सामान खरीद हुने गरेको थियो । यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङसम्म मालवाहक र त्यसपछि याक–चौंरीलाई बोकाएर बस्तीसम्म ल्याउने गरिन्थ्यो ।             तिब्बतका व्यापारीले टिपतालासम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोलासम्म याक, चौंरीलाई बोकाएर ढुवानी गर्दा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म पर्न जान्थ्यो । यसरी तिब्बतका बजारसँग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजारभन्दा टाढा रहेका ओलाङचुङवासीलाई सहज थियो । पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणका कारण पूर्णरुपमा टिपताला नाका बन्द हुँदा यहाँका बासिन्दालाई सास्ती भएको छ । कोरोना संक्रमण फैलिने भन्दै एक वर्षअघिदेखि नै चीनले पूर्णरुपमा उक्त नाका बन्द गरेपछि तिब्बततर्फ आयात निर्यात पूरै ठप्प छ । नाका बन्द गरिंदा संक्रमणको जोखिम न्यूनीकरण भए पनि आयातनिर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो । यहाँ उत्पादित गलैंचालगायत सामान चीनतर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएका छन् । गलैंचा मात्रै नभई घ्यू, छुर्पी, जडीबुटीसमेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आम्दानी घटेको छ । विशेषगरी यहाँ उत्पादित गलैंचा र जडीबुटीको मुख्य बजार भनेकै तिब्बत हो । अर्कातर्फ दैनिक उपभोग्य सामान सदरमुकामबाट लैजानु पर्दा खरीद मूल्यभन्दा बढी ढुवानी खर्च लाग्छ । सदरमुकाम फुङलिङमा खरीद गरिएको सामान मालवाहक तथा सवारी साधनमा लेलेपसम्म र त्यहाँदेखि माथि भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नुपर्छ । यसरी ढुवानी गर्दा प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म पर्ने गरेको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।             खच्चडलाई बोकाए केही सस्तो र मान्छेलाई बोकाए महँगो पर्ने गरेको छ ।  अझ बर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ । बर्खे झरीले कतै पहिरो चल्ने त कतै खोलाखोल्सा बढेर ओहोरदोहोरमा कठिनाइ हुने गरेको हो । त्यसैले मध्य बर्खाअघि नै चाहिने सामान ढुवानी गरिसक्नुपर्ने स्थानीयवासीले बताएका छन् ।             लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तीमा एक दिन वा त्योभन्दा बढी समय पनि लाग्नेगर्छ । अर्कातर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पु¥याउनसमेत ढुवानी खर्च बढी लाग्ने हुँदा कठिन छ । प्रायः यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन् ।             ओलाङचुङगोलामा ५३ जनाको परिवारको बसोबास छ । उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गलैंचा हो । त्यसपछि जडीबुटी, घ्यू, छुर्पी पर्छन् । चीनतर्फ निर्यात नभएकाले आम्दानी नहुँदा थप समस्या भएको स्थानीयवासीको भनाइ छ । कहिलेकाहीँं वडाबाट हुने कतिपय भौतिक पूर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आम्दानीका गतिविधि पनि संक्रमणकै कारण ठप्प भएको स्थानीयवासीले बताएका छन् ।   रासस

औद्योगिक कच्चा पदार्थको ढुवानी खर्च घटाऊ

नेपालमा उद्योग किन घटे वा उद्योगीहरू किन व्यापारतिर बढी आकर्षित भए भन्दा मुलुकमा उद्योगधन्दा चलाउनुमा नाफाको दर सोही वस्तु आयात गरेर बेच्दाभन्दा कम भएका कारण हो । नेपालमा उद्योगीहरू व्यापारतिर आकर्षण हुनुमा मुनाफा प्रमुख विषय हो, तर मुनाफामात्र कारण भने होइन । किनकि उद्योग सञ्चालन गर्न चाहिने औद्योगिक कच्चा पदार्थको महँगो मूल्यदेखि नियमित विद्युत् आपूर्तिका […]