राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकियो, कुन शीर्षकमा कति ?

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले विभिन्न शीर्षकमा ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने गरी सीमा तोकेको हो । उम्मेदवारले मतदाता नामावली खरिद, सवारी, प्रचारप्रसार सामग्री, ढुवानी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनजस्ता १० शीर्षकमा सो रकम खर्चिन पाउनेछन् । राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदैछ भने त्यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

सम्बन्धित सामग्री

एक भोटलाई १ हजार खर्चिँदै उम्मेदवार, कुल खर्च ११ अर्ब ५७ करोड

राज्यका निकायहरुले तोकेको जतिमात्रै रकम खर्च गर्दा पनि नेपालको निर्वाचन प्रणाली महँगो पर्न थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम र खस्ने सम्भावित मत तुलना गर्दा प्रतिमत १ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले प्रति उम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ । यसरी खर्चको सीमा तोक्दा आयोगले कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइने भन्ने यकिन विवरण नै सार्वजनिक गरेक

उम्मेदवारले खर्च गर्न पाउने रकम बढ्यो (हेर्नुस् कसको कति ?)

निर्वाचन आयोगले प्रतिनिधिसभा प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा निर्धारण गरेको छ । ०७४ को निर्वाचनभन्दा बढी गर्न पाउने गरी आयोगले मंगलबार दलका प्रतिनिधिसँग छलफल गरी...

स्थानीय चुनाव विशेष : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउने (सुचीसहित)

काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा धेरै खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले महानगर, उपमहानगर, पालिका, वडाका उम्मेदवार सबैले गर्न पाउने खर्च तोेकेको हो । उम्मेदवारहरुले आयोगले तोकेको भन्दा बढी खर्च गर्न पाउने छैैनन् । यस्तो छ निर्वाचन आयोगले तोकेको उम्मेदवारले गर्न पाउने खर्च […]

स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले  ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ । यस्तै उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँ

स्थानीय तह निर्वाचन : कुन शीर्षकमा कसले कति खर्च गर्न पाउने ?

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ। महानगरपालिकाका प्रमुख–उपप्रमुखका उम्मेदवारले सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखले पाँच लाख ५० हजार, नगरपालिकाका...

स्थानीय तह निर्वाचन : कसले कति खर्च गर्न पाउँछ ?

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी गराएको थियो।आयोगले महानगरपालिकाअन्तर्गत विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो। उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरूले अधिकतम ५ लाख ५०

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, कसले कति खर्च गर्न पाउने?

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले चुनाव प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ।  आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ, उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजार रुपैयाँ, वडा अध्यक्षका लागि २ लाख ५० हजार रुपैयाँ,